मुलुकको आर्थिक विकासमा नेता ठाकुरको जोड « Khabarhub

मुलुकको आर्थिक विकासमा नेता ठाकुरको जोड


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताएका छन् । 

महोत्तरीको मटिहानी-१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबीच जनप्रतिनिधि’ कार्यक्रममा उनले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गरे ।

‘एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ’, महोत्तरी क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरले भने, ‘मुलुकको आर्थिक समृद्धि बेगर हाम्रो सुखद यात्रा अघि बढ्न सक्दैन ।’

नेता ठाकुरले फरक प्रसङ्गमा सङ्घीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम् लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गरे । अहिले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना आफूले नदेखेको बताए । 

मधेस प्रदेशसभा सदस्य तथा लोसपा नेत्री रानी शर्मा तिवारी र मटिहानीका नगरप्रमुख तथा लोसपाका महामन्त्री हरिप्रसाद मण्डलले वर्तमान राजनीतिक परिस्थितिबीच आफ्नो दल जिम्मेवारीबोधका साथ अघि बढेको बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : २१ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ