मुलुकको आर्थिक विकासमा नेता ठाकुरको जोड | Khabarhub Khabarhub

मुलुकको आर्थिक विकासमा नेता ठाकुरको जोड


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मुलुकको आर्थिक विकास अहिलेको आवश्यकता एवं मुख्य कार्यभार भएको बताएका छन् । 

महोत्तरीको मटिहानी-१ धिरापुरमा लोसपा नेपाल मटिहानी नगरसमितिले आज आयोजना गरेको ‘जनताकाबीच जनप्रतिनिधि’ कार्यक्रममा उनले समृद्धि अभियानमा सबै दलले समान दायित्वबोध लिनुपर्ने उल्लेख गरे ।

‘एकले अर्कोतिर औँला ठड्याउने होइन, समृद्धिका लागि हातेमालो गर्नुपर्छ’, महोत्तरी क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरले भने, ‘मुलुकको आर्थिक समृद्धि बेगर हाम्रो सुखद यात्रा अघि बढ्न सक्दैन ।’

नेता ठाकुरले फरक प्रसङ्गमा सङ्घीयतासहितको गणतन्त्रात्मक संसदीय व्यवस्था संसारकै उच्चतम् लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गरे । अहिले तत्काल केन्द्रीय सरकार फेरबदलको सम्भावना आफूले नदेखेको बताए । 

मधेस प्रदेशसभा सदस्य तथा लोसपा नेत्री रानी शर्मा तिवारी र मटिहानीका नगरप्रमुख तथा लोसपाका महामन्त्री हरिप्रसाद मण्डलले वर्तमान राजनीतिक परिस्थितिबीच आफ्नो दल जिम्मेवारीबोधका साथ अघि बढेको बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : २१ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको