देश धेरै अप्ठ्यारोमा छ, लयमा फर्काउन निकै गाह्रो छ : विष्णु पौडेल « Khabarhub

देश धेरै अप्ठ्यारोमा छ, लयमा फर्काउन निकै गाह्रो छ : विष्णु पौडेल


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको राजनीति धमिलिँदै गएको बताएका छन ।

प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताएका हुन । 

 ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भने । उनका अनुसार राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न सक्ने अवस्था छैन ।

 ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भने ।

सरकारका काम कारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताए । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उनले जनाएका छन ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको