जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

जनप्रतिनिधिले प्रत्येक नागरिकलाई सेवा सुविधा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कार्की


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेलबारी– कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर-६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्‍याउनुपर्ने बताएका हुन् ।

‘नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ नागरिक बनाउने अभियान हो’, उनले भने। 

उनले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको समेत उल्लेख गरे । आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उनले प्रतिबद्धता जनाए  ।

विराटनगरमा देखिएको खानेपानीको समस्या समाधानका लागि रु पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क  खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ४९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता