दक्ष जनशक्तिको अभावले चियाखेती अलपत्र « Khabarhub

दक्ष जनशक्तिको अभावले चियाखेती अलपत्र


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पर्वत– दक्ष जनशक्तिको अभावमा जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको चियाखेती अलपत्र बनेको छ । 

साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेतीबाट वार्षिकरुपमा लाखौँको आम्दानी गर्न सकिने भए पनि प्राविधिक तथा तालिम प्राप्त जनशक्ति नहुँदा अलपत्र जस्तै बनेको हो ।

 झन्डै डेढ दशकअघि लगाइएको चियाखेतीबाट पहिला पटक दुई वर्षअघि १० किलोग्राम जैविक चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनःअलपत्र जस्तै बनेको वडा नं ६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए । 

यहाँ १४ हजारभन्दा बढी चियाका बोट रहेका छन् । विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरनमा परिणत भएको थियो । 

उतिबेला २० हजार बिरुवा लगाइएकामा संरक्षणको अभावमा झण्डै १० हजार मात्रै कायम रहेका थिए । दुई वर्षअघि थप चार हजार गरी १४ हजारभन्दा बढी बोट उत्पादनका लागि तयार भए पनि मुना टिप्न र प्रशोधन गर्न जनशक्ति नहुँदा अलपत्र बनेको विकले बताए । 

गाउँपालिकाले आगामी वर्ष थप ४० हजार बिरुवा रोप्नेगरी नर्सरीसमेत तयार गरेको अध्यक्ष विकले बताए। चार वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताए । साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । 

इलामको जस्तै हावापानी भएकाले यहाँ चियाखेतीको सम्भावना रहेको छ । इलामको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरिए पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । करिब १८ सय मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चियाखेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । 

नगदेबालीका रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविसले ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुआत गरेको थियो । साविकको गाविस–४ र ५ नं वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए । 

अहिले स्थानीय समुदाय चियाखेतीतर्फ आकर्षित हुन थालेका छन् । आगामी वर्ष थप ४० हजार बिरुवा रोपेपछि यसलाई व्यावसायिकरुपमा उत्पादन तथा प्रशोधनसमेत गरिने गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। 

गाउँपालिकाले बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । गत वर्ष गण्डकी प्रदेशबाट लक्षित कार्यक्रमअन्तर्गत विनियोजन भएको रु २० लाखबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको पालिकाले जनाएको छ । 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : ५१ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत