इरान एशियन कपको सेमिफाइनलमा « Khabarhub

इरान एशियन कपको सेमिफाइनलमा


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान एशियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

इरानले खेलको ९६औं मिनेटमा पाएको पेनाल्टी गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इरानको जितमा मोहमद मोहेबी र अलिरेजा जहानबख्शले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि हिदेमासा मोरिटाले एक गोल गरेका थिए ।

अब इरानले सेमिफाइनलमा कतार र उज्बेकिस्तानबीचको विजेतासँग खेल्ने छ । त्यस्तै जापान भने यो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि प्रकाशित समाचारमा इरान एशियन कपको सेमिफाइनलमा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -सं

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : ५२ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको