खप्तड छेडेदह गाउँपालिकामा ‘सुत्केरीलाई कोसेली’ कार्याक्रम सञ्चालन « Khabarhub

खप्तड छेडेदह गाउँपालिकामा ‘सुत्केरीलाई कोसेली’ कार्याक्रम सञ्चालन


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्याक्रम सञ्चालन गरेको छ।

गत आर्थिक वर्ष २०७९–८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो। बच्चाहरुमा कुपोषण देखा परेकोले त्यसलाई न्यूनिकरण गर्नेगरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ।

उक्त कार्यक्रम सञ्चालन भएपछि त्यहाँका सुत्केरीको मुहारमा निकै खुसी छाएको छ। पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन्।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का १८५ जना सुत्केरी महिलालाई समेटिएको नाथले बताइन्। खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोशेली कार्यक्रम सञ्चालन गरेको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : १० बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु