पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदियाको चिहान « Khabarhub

पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदियाको चिहान


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध हुने दमनका घटना बढ्दै गएको पाइएको छ । पछिल्लो पटक पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर सहरबाट १ सय किलोमिटरको दुरीमा पर्ने दस्का सहरमा अहमदिया साम्प्रदायिक अल्पसङ्ख्यकको चिहान भत्काइएको घटना सार्वजनिक भएको हो ।

दस्कामा रहेका दुई समाधिस्थलमा रहेका ८० भन्दा धेरै चिहान भत्काइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुन्नी उग्रवादीहरुको दबाबमा प्रहरीले नै चिहान भत्काएको बताइएको छ ।

यद्यपि अहमदियाहरुले भने भत्काइएको उक्त समाधिस्थलको हिस्सा आफ्नो समुदायका लागि छुट्याइएको जनाएका छन् । पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन ।

पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ५६ बजे

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता