पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदियाको चिहान « Khabarhub

पाकिस्तानमा प्रहरीले नै भत्कायो अहमदियाको चिहान


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध हुने दमनका घटना बढ्दै गएको पाइएको छ । पछिल्लो पटक पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर सहरबाट १ सय किलोमिटरको दुरीमा पर्ने दस्का सहरमा अहमदिया साम्प्रदायिक अल्पसङ्ख्यकको चिहान भत्काइएको घटना सार्वजनिक भएको हो ।

दस्कामा रहेका दुई समाधिस्थलमा रहेका ८० भन्दा धेरै चिहान भत्काइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुन्नी उग्रवादीहरुको दबाबमा प्रहरीले नै चिहान भत्काएको बताइएको छ ।

यद्यपि अहमदियाहरुले भने भत्काइएको उक्त समाधिस्थलको हिस्सा आफ्नो समुदायका लागि छुट्याइएको जनाएका छन् । पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन ।

पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ५६ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं