वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्दै महानगर « Khabarhub

वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्दै महानगर


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको छ ।

फोहरको स्रोतमै वर्गीकरण गरी सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था गरिएको हो । वडा नं २७ मा जनसङ्ख्या पाँच हजार छ । जहाँ एक हजार चार सय घरधुरी छन् । वडा नं २७ का स्थानीय रमेश महर्जनले महानगरको प्रशंसा गर्दै आफूहरूले स्रोतमै फोहोर छुट्याएर राख्ने बताए।

वडा नं २७ का अध्यक्ष योगेश खड्गीले यसका लाग घरघरमै पुगेर फोहर छुट्याउने विधि सिकाउने योजना रहेको बताए । उनले भने, “फोहोर सङ्कलन गर्न जाने कर्मचारीलाई छुट्याइएको फोहर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । यसका लागि वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

आगामी एक हप्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहरको नमूना सङ्कलन गर्ने अभ्यास गर्ने वडाको योजना छ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने छ ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमै छुट्याइएको फोहर व्यवस्थापनका लागि तीन दशमलव पाँच क्युविक मिटर क्षमता भएको गाडी तयार पारिएको छ । सो गाडीमा हरियो र निलो रङका दुई खण्ड तयार पारिएको छ । एउटा खण्डको क्षमता एक दशमलव पाँच क्युविक रहेको उनको भनाइ छ ।

उनले भने, “बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहर सङ्कलन गरिने कोठा तिर हरियो छ भने नकुहिने तथा अन्य फोहर सङ्कलन गरिने कोठातिर निलो रङ पोतिएको छ ।” वडा न २७ मा कार्यक्रम सफल भएपछि अन्य वडामा पनि विस्तार गरिने छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : २३ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।