आज २०८० साल फागुन २० गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन २० गते आइतबारको राशिफल


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन २० गते आइतबार तदनुसार सन् २०२४ मार्च ३ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजको दैनिकी राम्रो छ । व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ ।

वृष : समय राम्रो छ । मन खुशी हुनेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । बन्धुबाट भने सहयोग नहुने खतरा छ । साथीभाइबाट अन्तरघातको जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अरुको प्रभावमा नपरी आफ्नै शैलीमा काम गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास जित्न नसकेको खण्डमा परिवारमा खटपटी हुनेछ ।

कर्कट : समय सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनाले दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सामान्य रुपमा अगाडि बढ्नेछ ।

सिंह : दैनिकी राम्रो छ । आफ्नो योजना कार्यान्वयन भएमा शतप्रतिशत सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सार्वजनिक जीवनमा सम्मान प्राप्त हुनेछ । परिवारको साथ रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : समय राम्रो छ । आफ्नो योजना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति प्रगति हुनेछ । परिवारबाट सम्मान प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । आर्थिक क्षेत्र सबल रहेको छ । दाजुभाइले राम्रो कामको सुरुवात गर्न साथ दिनेछन् । शिक्षाको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्ने देखिन्छ ।

वृश्चिक : समय सामान्य छ । बोलीको प्रभावले गर्दा काम बन्ने भएकाले प्रष्ट बोल्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा विवाद हुनेछ । वैदेशिक लगानीमा ठगहरू सक्रिय भएकाले सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन राम्रो छ । आफ्नो रोजाइका क्षेत्रबाट राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ भने शिक्षामा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । परिवारको साथले मनमा उत्साह बढ्नेछ ।

मकर : समय सामान्य छ । सञ्चित धनको खर्च हुने योग रहेको छ । सामाजिक क्षेत्रमा कमजोरी देखा पर्ने जोखिम रहेको छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । दाजुभाइले राम्रो सुझाव दिनेछन् । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भ : समय उत्साहजनक छैन । आर्थिक क्षेत्रको प्रयास सफल बन्नेछ । आफ्नै बोलीका कारण समस्यामा पर्ने जोखिम रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा डर, त्रास र जोखिम रहेको देखिन्छ । परिवार र प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ ।

मीन : दैनिकी राम्रो छ । बोलीको प्रभावले समाजमा राम्रो नतिजा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । मित्र र आफन्त सकारात्मक छन् । अचानक खर्च बढ्ने जोखिम रहेको छ । परिवार र प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ०९ बजे

उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा