आज २०८० साल फागुन २० गते आइतबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन २० गते आइतबारको राशिफल


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन २० गते आइतबार तदनुसार सन् २०२४ मार्च ३ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजको दैनिकी राम्रो छ । व्यापारमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । तपाईँका प्रतिस्पर्धी आज शान्त रहनेछन् । परिवारमाथि बढी माया देखाउनाले धोखा हुने जोखिम छ ।

वृष : समय राम्रो छ । मन खुशी हुनेछ । समाजमा तपाईंको प्रशंसा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । बन्धुबाट भने सहयोग नहुने खतरा छ । साथीभाइबाट अन्तरघातको जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । अरुको प्रभावमा नपरी आफ्नै शैलीमा काम गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास जित्न नसकेको खण्डमा परिवारमा खटपटी हुनेछ ।

कर्कट : समय सामान्य छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम रहेको छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनाले दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सामान्य रुपमा अगाडि बढ्नेछ ।

सिंह : दैनिकी राम्रो छ । आफ्नो योजना कार्यान्वयन भएमा शतप्रतिशत सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र सार्वजनिक जीवनमा सम्मान प्राप्त हुनेछ । परिवारको साथ रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : समय राम्रो छ । आफ्नो योजना अनुसार अगाडि बढ्नुपर्ने देखिन्छ । शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ हुने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति प्रगति हुनेछ । परिवारबाट सम्मान प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । आर्थिक क्षेत्र सबल रहेको छ । दाजुभाइले राम्रो कामको सुरुवात गर्न साथ दिनेछन् । शिक्षाको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्ने देखिन्छ ।

वृश्चिक : समय सामान्य छ । बोलीको प्रभावले गर्दा काम बन्ने भएकाले प्रष्ट बोल्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा विवाद हुनेछ । वैदेशिक लगानीमा ठगहरू सक्रिय भएकाले सचेत बन्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दिन राम्रो छ । आफ्नो रोजाइका क्षेत्रबाट राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ भने शिक्षामा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । परिवारको साथले मनमा उत्साह बढ्नेछ ।

मकर : समय सामान्य छ । सञ्चित धनको खर्च हुने योग रहेको छ । सामाजिक क्षेत्रमा कमजोरी देखा पर्ने जोखिम रहेको छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । दाजुभाइले राम्रो सुझाव दिनेछन् । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भ : समय उत्साहजनक छैन । आर्थिक क्षेत्रको प्रयास सफल बन्नेछ । आफ्नै बोलीका कारण समस्यामा पर्ने जोखिम रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा डर, त्रास र जोखिम रहेको देखिन्छ । परिवार र प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ ।

मीन : दैनिकी राम्रो छ । बोलीको प्रभावले समाजमा राम्रो नतिजा प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । मित्र र आफन्त सकारात्मक छन् । अचानक खर्च बढ्ने जोखिम रहेको छ । परिवार र प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ०९ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी