भरतपुर भ्रमण वर्ष : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै « Khabarhub

भरतपुर भ्रमण वर्ष : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।

आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई जानकारी गराउन महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । उनले भने, ‘वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ ।’

महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक प्रदर्शनी कक्ष रहनेछ । कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउनेगरी तयारी थालिएको उनले बताए ।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ आदिवासी जनजाति समुदाय बसोबास गर्दछन् ।

ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिए । ‘महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै सङ्घसंस्थाको प्रतिनिधित्व हुनेछ’, उनले भने, ‘सबै जातजातिले आ–आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन् ।’

यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागेको उनले बताए । ‘स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ’, उनले भने । महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ५० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि