ट्रम्प र बाइडेनका लागि चुनौती बनेको गाजा युद्ध | Khabarhub Khabarhub

ट्रम्प र बाइडेनका लागि चुनौती बनेको गाजा युद्ध


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणका कारण धेरै नै क्षति भएको छ । ७ अक्टोबरको दिन हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजरायलले लगत्तै हवाई आक्रमण सुरु गरेको थियो । यसको क्षतिको पूर्ण लेखा जोखा हुन बाँकी छ । परन्तु लामो समयदेखि भएको युद्धले नयाँ मोड लिन सक्ने छ । सायद युद्ध विरामको बाटो पनि तय हुन सक्ने छ । सोमबार एक टेलिभिजनसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वका नयाँ युद्ध विरामको सङ्केत गरेका हुन् ।

मेरो राष्ट्रिय सुरक्षा सल्लाहकारले भने अनुसार हामी धेरै नजिक पुगिसकेका छौँ,’ बाइडेनको यो भनाइलाई धेरै प्यालेस्टाइनी र अमेरिकी समुदायले गम्भीरतापूर्वक लिएका छन् ।

मंगलबार नै मिचिगनमा भएको डेमोक्रेटिक पार्टीको पोलीङ हुने स्थानमा १ लाख जना प्रो प्यालेस्टाइनी उपस्थित भएर विरोध गरेका थिए । यो बाइडेनका लागि पक्कै शुभ सङ्केत भने होइन । यो साता बाइडेनले मध्य पूर्वका बारे केही नयाँ नसोचे उनको राष्ट्रपति पदमा दोहोरिने इच्छामा ठूलो समस्या हुने सङ्केतको रूपमा बुझेका छन् ।

७ अक्टोबरका दिन देखि यता बाइडेनले मध्यपूर्वमा चालेका कदमका कारण उनका धेरै समर्थकलाई दुखी तुल्याएको थियो । यसका बाबजुद बाइडेन प्रशासन आवश्यक परेको समयमा आफूलाई परिमार्जन गर्ने ढङ्गले अघि बढेको छ । साताको यो घरेलु विद्रोहका कारण पनि बाइडेन नयाँ ढङ्गले सोच्न अझ बढी तयार भएका छन् ।

बिहीबार युएस स्टेट डिपार्टमेन्ट प्रेस सेक्रेटरी म्याट मिलरले आफूलाई सुरक्षित राख्न र ७ अक्टोबरको जस्तो घटना दोहोरिन नदिनका लागि इजरायललाई गर्ने सहयोगलाई निरन्तरता दिने बताएका छन् । अन्य देशको निर्णय गर्न पाउने सार्वभौम अधिकारलाई अमेरिकाले नछिन्ने तथा इजरायलको पनि त्यो हक नछिनिने उनले बताए ।

इजरायलले गरेको निर्णयमा असहमति भएमा प्रष्टसँग असहमति राखे पनि कुनै देशको सार्वभौम अधिकार माथि हस्तक्षेप गर्न नमिल्ने उनको जिकिर थियो ।

अमेरिकी अधिकारीहरूले इजरायलमा थप हतियार तथा सैन्य सहयोगका लागि केही समय ढिलाइको सङ्केत त गरिसकेकै थिए । धेरै अमेरिकीहरू इजरायलमा सहयोगका लागि तयार भएको बताउँछन् । तथापि डेमोक्रेटिकका युवा मतदाता र अन्य रङ्गका मतदाता भने यो चाहँदैनन् ।

अहिले अमेरिकाको घरेलु राजनीतिमै धेरै कुरामा विरोधाभास छ । बाइडेनका लागि पार्टी समर्थकलाई पनि चित्त बुझाउनु छ । उनले गरेको निर्णयले राष्ट्रपति निर्वाचनमा पनि असर नगरोस् भन्ने चाहना राख्नै परेको छ ।

प्रो प्यालेस्टाइनीहरुले राष्ट्र सङ्घकै पहलमा दीर्घकालीन युद्ध विरामको चाहना राखेका छन् । लामो समयसम्म अमेरिकाले इजरायललाई सहयोग नगर्न पनि उनीहरूले आवाज उठाइ रहेका छन् ।

अरब अमेरिकन इन्स्टिच्युटका प्रमुख जिम जोग्वाइ अहिले मानिसहरू स्तब्ध भएको बताउँछन् । उनी बाइडेनप्रशासन प्रष्टसँग अगाडि आउनु पर्ने कुरामा जोड दिन्छन् ।

अहिले धेरै जना यो समस्यामा परेका छन् । अहिले मिचिगनमा देखिएको विद्रोहको सङ्ख्या सन् २०२० बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित मतान्तरको मात्रामा कम भएको जनाइएको छ । तर, त्यो सङ्ख्या सन् २०१६ मा डेमोक्र्याट भिडन्तमा उनको र हिलारी क्लिन्टन बिचको मतान्तर भन्दा बढी हो ।

सो अभियानमा संलग्न रहेका मिच लाउन्ड्रेउ राष्ट्रपतिका सामु एउटा प्रस्ट सन्देश दिइएको बताउँछन् । उनकै विचारमा त्यहाँ अहिले हरेक मुद्दा हरू जटिल बनेका छन्  । यसै जटिल बनेका मुद्दा मध्यको एउटा मुद्दा अहिले देखिएको हो ।

क्यालिफोर्नियामा रहेका राजनीतिक विश्लेषक डेरी स्रग प्रो प्लोस्टाइनी समर्थकको सङ्ख्या अत्यन्त न्यून भएको बताउँछन् । ‘गाँजाको मुद्दालाई चासो दिने एउटा समूह छ । तथापि त्यो समूह सानो छ । यस कारण राष्ट्रपति बाइडेन चलाखीपूर्ण निर्णयको बाटोमा अघि बढेका छन्,’ स्रगले भने ।

अहिले धेरै अमेरिकीको चासो अर्थतन्त्र, आप्रवासी समस्या तथा गर्भपतन अधिकारको विषयमा छ ।  मिचिगनमै पनि धेरै यहूदीहरू छन् । त्यहाँ रहेका यहूदीहरू इजरायललाई समर्थन गरेकोमा खुसी छन् । यस कारण उनीहरू बाइडेनको समर्थक छन् । मिचिगनमा रहेका यहूदी मध्ये ७० प्रतिशत भन्दा बढीले सन् २०२० को निर्वाचनमा बाइडेनलाई मत दिएका थिए ।

अमेरिकामा निर्वाचन हुन आठ महिना बाँकी छ । यस आठ महिनाको बिचमा दुवै नेताहरू यसै विवादास्पद विषयको जोड घटाउमा लागेका छन् । यहुदीहरूको मत पाउन ट्रम्पले पनि त्यत्तिकै प्रयास गरी रहेका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा क्षेत्रमा युद्धका कारण सातामा ३० हजार भन्दा बढीको ज्यान जाने गरेको छ । बिहीबार मात्र राहत वितरणको क्रममा १७ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।

अमेरिकी नीतिलाई सबै भन्दा बढी चासो पूर्वक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लिएका छन् । नेतान्याहु पनि अमेरिकाले साथ नदिएमा युद्ध रोक्नुको विकल्प नहुने कुरामा पक्कै सहमत छन् । नेतान्याहु पनि इजरायलको साख नगिर्ने प्रस्ताव आएमा युद्ध विरामका लागि त्यत्ति नकारात्मक छैनन् । अमेरिकी आन्तरिक राजनीतिलाई हेरी रहेका नेतान्याहु आफूलाई साथ दिने अमेरिकीलाई पनि विशेष धन्यवाद दिएका छन् ।

स्राग भने बाइडेन एउटा निश्चित सोचभन्दा बाहिर आएर आफूले देखे अनुसार निर्णय गर्न उपयुक्त धारणा राख्छन् । उनको आशय अहिले कै नीतिलाई निरन्तरता दिने भन्ने हो । उनको यो अभिव्यक्ति पक्कै पनि प्रो प्यालेस्टाइनीका लागि दुःखको विषय हो ।

अहिले अमेरिकामा कम उमेरका व्यक्तिहरू प्यालेस्टाइनी प्रति बढी सद्भाव राख्नेहरू छन्। जत्ति बढी उमेरका छन्, त्यत्ति नै इजरायलको समर्थन बढ्दो छ । उमेर अनुसार सोच्ने शैली पाउने जानकारी तथा प्रयोग गर्ने सूचनाको श्रोतको आधारमा दुई पुस्ताको माझमा फरक धारणा बनेको छ ।

अमेरिकाको निर्वाचनमा बाइडेन र ट्रम्प दुवैका लागि केही चुनौती छन् । यी दुवै बिच भिडन्त हुने अनुमान त छँदै । तथापि दुवै दलमा अन्य आकाङ्क्षी नभएका होइनन् । पहिलो चरणमा दलको आन्तरिक निर्वाचन र आम निर्वाचनलाई लक्षित गर्दै नीति बनाउने काम दुवैका लागि पक्कै चुनौतीपूर्ण हो । अहिले दुवै अमेरिकी नेताका लागि गाजा युद्धबारे प्रस्ट नीति बनाउने काम पनि एउटा चुनौती हो ।
श्रोत : बिबिसी, वासिङ्टन पोस्ट

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ५४ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै