आगलागीबाट एकजनाको मृत्यु « Khabarhub

आगलागीबाट एकजनाको मृत्यु


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरीमा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता’सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ०५ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा