अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी « Khabarhub

अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

वासिगटन डिसी- संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् । आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठूलो गतिमा जीत हासिल गरिरहेका छन् ।

शनिबार तीन वटै राज्यमा ट्रम्पले संयुक्त राष्ट्र संघका पूर्व राजदूत र उनका अन्तिम प्रतिद्वन्द्वी निक्की हेलीलाई हराउँदै उनले यो विजय हासिल गरेका हुन ।

पूर्व राष्ट्रपतिले अब अर्को हप्ताको ‘सुपर ट्युज्युडे’ मा जाने हरेक राज्य नामांकन प्रतियोगिता जितेका छन्, जब १५ अमेरिकी राज्य र एउटा क्षेत्रका मतदाताहरूले प्रत्येक पार्टीको लागि आफ्नो मन पर्ने उम्मेदवार छानेका हुन् ।

मिशिगनमा राज्य रिपब्लिकन पार्टीका अनुसार उम्मेदवारी दिने ककसमा भाग लिएर ट्रम्पले हेलीलाई सबै १३ जिल्लामा हराएका छन् ।

१६ सय भन्दा बढी पार्टी भित्रीहरूले पश्चिमी मिशिगन शहर ग्रान्ड र्यापिड्सको ककसमा भाग लिएका थिए, जहाँ उनीहरूले जुलाईमा पार्टीको राष्ट्रिय मनोनयन सम्मेलनको लागि ट्रम्प वा हेलीका लागि प्रतिनिधिहरू छानिरहेका थिए।

अमेरिकन सञ्चारमाध्यमका अनुसा ट्रम्पले झण्डै ९८ प्रतिशतको समर्थनमा विजयी भएका हुन । प्रतिस्पर्धी  हेलीले  १,५७५ भोट मध्य जम्मा ३६ मत मात्र पाएकी थिइन् ।

मिशिगन रिपब्लिकन पार्टीका अध्यक्ष पीट होइक्स्ट्राले यसलाई अत्यधिक विजय भनेर प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : ३६ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक