अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी « Khabarhub

अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

वासिगटन डिसी- संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् । आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठूलो गतिमा जीत हासिल गरिरहेका छन् ।

शनिबार तीन वटै राज्यमा ट्रम्पले संयुक्त राष्ट्र संघका पूर्व राजदूत र उनका अन्तिम प्रतिद्वन्द्वी निक्की हेलीलाई हराउँदै उनले यो विजय हासिल गरेका हुन ।

पूर्व राष्ट्रपतिले अब अर्को हप्ताको ‘सुपर ट्युज्युडे’ मा जाने हरेक राज्य नामांकन प्रतियोगिता जितेका छन्, जब १५ अमेरिकी राज्य र एउटा क्षेत्रका मतदाताहरूले प्रत्येक पार्टीको लागि आफ्नो मन पर्ने उम्मेदवार छानेका हुन् ।

मिशिगनमा राज्य रिपब्लिकन पार्टीका अनुसार उम्मेदवारी दिने ककसमा भाग लिएर ट्रम्पले हेलीलाई सबै १३ जिल्लामा हराएका छन् ।

१६ सय भन्दा बढी पार्टी भित्रीहरूले पश्चिमी मिशिगन शहर ग्रान्ड र्यापिड्सको ककसमा भाग लिएका थिए, जहाँ उनीहरूले जुलाईमा पार्टीको राष्ट्रिय मनोनयन सम्मेलनको लागि ट्रम्प वा हेलीका लागि प्रतिनिधिहरू छानिरहेका थिए।

अमेरिकन सञ्चारमाध्यमका अनुसा ट्रम्पले झण्डै ९८ प्रतिशतको समर्थनमा विजयी भएका हुन । प्रतिस्पर्धी  हेलीले  १,५७५ भोट मध्य जम्मा ३६ मत मात्र पाएकी थिइन् ।

मिशिगन रिपब्लिकन पार्टीका अध्यक्ष पीट होइक्स्ट्राले यसलाई अत्यधिक विजय भनेर प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : ३६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४