इजिप्टले बेच्याे पृथ्वीको स्वर्ग भनिने ‘रस अल हिक्मा’ शहर « Khabarhub

इजिप्टले बेच्याे पृथ्वीको स्वर्ग भनिने ‘रस अल हिक्मा’ शहर


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक गरिबीसँग लडिरहेको इजिप्ट सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ ।

यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर  ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ।

इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो। यो देशको नाम युएइ हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  ।

‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो। यद्यपि, यो शहर इजिप्टले बेच्न बाध्य भयो। ‘रास अल हिक्मा’ पर्यटकको मन पर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टले यो सहर खरिद गरेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम सुरु गर्ने भएको छ । यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ ।

यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत सेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै सहर खरिद गर्न चासो देखाएका छन् ।

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला सहरहरु बेच्न बाध्य भइरहेका छन् । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । भर्खरै इजिप्टले साउदी अरेबिया र युएईजस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : ५७ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल