शरीरमा सेतो धर्सा छ ? यसरी हटाउनुहोस्  « Khabarhub

शरीरमा सेतो धर्सा छ ? यसरी हटाउनुहोस् 


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया महिलाहरूको शरीरको विभिन्न भागमा सेता धर्साहरू देखिन्छन् । यो विशेषगरी पेट, हिप, पिँडौला, स्तन आदि आसपासमा हुने गर्दछ । जसका खुल्ला कपडा लगाउँदा महिलाको शरीरमा भएको सेतो धर्साहरू सबैको नजरमा पर्न पुग्छ ।

विशेषगरी नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनका वरिपरि देखिने सेतो धर्सालाई स्ट्रेच माक्स भनिन्छ । यो महिला पुरुष दुबैमा देखा पर्दछ । यस्तो धर्सा आउनुमा रोग लगायतका विभिन्न कारण कारक हुने गर्दछ । तर अधिकांश धर्सामा अत्यधिक मात्रामा मोटाउनु र छोटो समयमा नै मोटोपन घट्नुले हुन्छ ।

युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा शरीरका विभिन्न भागहरू मोटाउँछ । जसका कारण सेतो धर्सा बस्ने गर्दछ । स्तन, हिप, पेट लगायतका ठाउँमा यही समयमा नै सेतो धर्सा देखिन्छ । यस्तै बच्चा जन्माइसकेको महिलाको शरीरमा देखिने सेतो धर्सा बच्चा पेटमा हुँदा शरीर मोटाउँदा र छाला तन्किदा हुने गर्दछ । बच्चा जन्मिएपछि तन्किएको छाला एक्कासि खुम्चिदा छालामा सेता धर्सा बनिसकेको हुन्छ ।

छाला अत्यधिक मात्रामा तन्किदा भित्री भागका रेसाहरू फाट्न पुग्छ । जुन बेला छालाका माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यहि समयमा छालामा सेतो धर्साहरू बनिसकेको हुन्छ । यस्तो बेला छाला धेरै कन्याउदा धर्साहरू झनै बढि देखिन सक्छ ।

कसरी हटाउने ?

–  दैनिक १० गिलास पानी पिउँदा छालामा भएका स–साना प्लानहरुलाई सफा राख्छ र धेरै किसिमका छाला सम्बन्धी समस्याबाट टाढा राख्न मद्धत गर्छ ।

– कागतीको रस सेतो धर्सा भएको ठाउँमा लगाएर १० मिनेट छोड्दा र त्यसपछि तातोपानीले सफा गर्दा पनि हटाउन सकिन्छ ।

– अण्डालाई दही र महमा मिसाएर सेतो धर्सा भएको ठाउँमा लगाउँदा धर्सा हट्दै जान्छ ।

– आलुलाई सेतो धर्सा भएको ठाउँमा केहि मिनेट दल्ने र छाला सुख्खा भएपछि मनतातो पानीले धुदाँ पनि सेतो धर्सा हट्छ ।

– घ्यूकुमारी काटेर सेतो धर्सा परेको ठाउँमा दल्ने र केही समयपछि मनतातो पानीले धोएमा पनि धर्साहरू हराउँदै जान्छ ।

विभिन्न एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : २० बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको