माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिपोट गर्न सकिने « Khabarhub

माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिपोट गर्न सकिने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैङ्क लि.ले डिजिटल माध्यमबाट भएका असफल कारोबारलाई मोबाइल बैंकिङ्ग एपरवेबसाईट मार्फत बैंकमा रिपोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ ।

जस अन्तर्गत असफल भएको कारोबारलाई रिपोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिने छ । बैंकका अनुसार असफल कारोबारको समस्या समाधान पश्चात् रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

बैंकले असफल डिजिटल कारोबारहरू बैंकसम्म नआईकनै जहाँकहि बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो ।

यस अन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोट गर्न सक्नेछन् ।

यसरी ग्राहकको रिपोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफै फिर्ता गर्नेछ ।

स्मार्ट बैंकको रूपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजिटल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : २६ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको