पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित « Khabarhub

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन ।

उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए । “हाम्रो वडाका भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब भने बन्ने आशा जागेको छ”, यादवले भने, “पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था रहेको छ ।”

नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुई सय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ ।

रु ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिए । पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुआत भएको वडा नं १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताए । उनले साविकको पिप्रहवा गाविस रहेको वडा नं १५ भौगोलिक रुपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएकाले जनताको चाहनाबमोजिम काम हुन नसकेको बताए ।

यसैगरी भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ । जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ ।

यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्नका लागि सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताए । वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुसी भएको वडासचिव तेजबहादुर सिंहले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ४३ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान