राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी काम गरेको छु : कांग्रेस संसदीय दलका नेता रायमाझी | Khabarhub Khabarhub

राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी काम गरेको छु : कांग्रेस संसदीय दलका नेता रायमाझी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन् ।

६ वर्षे कार्यकाल पुरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनी प्रभावकारी भूमिका निर्वाह गरेको बताएका हुन् । उनले सरकारले समयमा नै विधेयकहरु नल्याउदा कानुन निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको धारणा राखे ।

सरकारले ल्याएका विधेकहरुलाई राष्ट्रियसभा संसदीय दलले आन्तरिक छलफल गरी आवश्यकता अनुसार संशोधन पनि दर्ता गरेको उनको भनाइ छ । उनले सङ्क्रमणकालीन न्याय, निजामती ऐनलगायत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउँदा दुःख लागेको बताए ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताइन् । राष्ट्रियसभाबाट कांग्रेसका तर्फबाट चार जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी विदा हुँदैछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : २७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग