राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने | Khabarhub Khabarhub

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाको प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले जानकारी दिइन् ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्छिन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : २४ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका