क्यामेरा भएको ईयरबड्स ल्याउने एप्पलको तयारी « Khabarhub

क्यामेरा भएको ईयरबड्स ल्याउने एप्पलको तयारी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले क्यामेरा भएको ईयरबड्स ल्याउने तयारी गरीरहेकाे छ । ब्लुमबर्गका अनुसार एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको ईयरबड्स ल्याउन लागेको हो ।

एप्पलका इन्जिनियरले गत वर्षदेखि नै ईयरबड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए । अब सार्वजनिक हुने नयाँ ईयरबड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेका छन् ।

त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गरिने बताइएको छ ।

एप्पलले पनि गत वर्ष ह्याप्टिक फिडब्याक र प्रेसर सेन्सेटिभ इन्पुट सुविधा सहितको स्मार्ट रिङ ल्याउने जनाएको थियो । यद्यपि अहिलेसम्म कम्पनीले यसको विकास कहाँसम्म पुग्यो भन्ने विषयको जानकारी बाहिर ल्याइसकेको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ३० बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा