क्यामेरा भएको ईयरबड्स ल्याउने एप्पलको तयारी | Khabarhub Khabarhub

क्यामेरा भएको ईयरबड्स ल्याउने एप्पलको तयारी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एप्पलले क्यामेरा भएको ईयरबड्स ल्याउने तयारी गरीरहेकाे छ । ब्लुमबर्गका अनुसार एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको ईयरबड्स ल्याउन लागेको हो ।

एप्पलका इन्जिनियरले गत वर्षदेखि नै ईयरबड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए । अब सार्वजनिक हुने नयाँ ईयरबड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेका छन् ।

त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गरिने बताइएको छ ।

एप्पलले पनि गत वर्ष ह्याप्टिक फिडब्याक र प्रेसर सेन्सेटिभ इन्पुट सुविधा सहितको स्मार्ट रिङ ल्याउने जनाएको थियो । यद्यपि अहिलेसम्म कम्पनीले यसको विकास कहाँसम्म पुग्यो भन्ने विषयको जानकारी बाहिर ल्याइसकेको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ३० बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।