कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ  « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान गरी फरार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरकाे चाँगुनारायण घर भएका प्रेम बहादुर सुवालको २९ वर्षीय छोरा सन्तोष सुवाल रहेको प्रहरीले जनाएको छ ।

तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सुर्यविनायक जंगलमा २ लाख रुपैयाँ लिई आउनु भनी फोन आएको भनी प्रहरी वृत्त जगातीमा निवेदन दिएकी थिइन् ।

त्यसपश्चात् गोपालको खोजतलास गर्दै जाँदा फागुन ११ गते भक्तपुरकाे सूर्यविनायकस्थित रोधन बस्नेतको गोठमा गोपाल मृत अवस्थामा फेला परेका थिए ।

यस घटनाको अनुसन्धान गर्दै जाँदा सुवाल उक्त घटनामा संलग्न भइ घटनापश्चात् फरार रहेको खुल्न आएकोले उनको खोजतलास गर्नेक्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा-६ बाट शनिबार मृतकको मोबाइलसहित पक्राउ गरिएको प्रहरीले हो ।

उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ५ : ०६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको