कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ  « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान गरी फरार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरकाे चाँगुनारायण घर भएका प्रेम बहादुर सुवालको २९ वर्षीय छोरा सन्तोष सुवाल रहेको प्रहरीले जनाएको छ ।

तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सुर्यविनायक जंगलमा २ लाख रुपैयाँ लिई आउनु भनी फोन आएको भनी प्रहरी वृत्त जगातीमा निवेदन दिएकी थिइन् ।

त्यसपश्चात् गोपालको खोजतलास गर्दै जाँदा फागुन ११ गते भक्तपुरकाे सूर्यविनायकस्थित रोधन बस्नेतको गोठमा गोपाल मृत अवस्थामा फेला परेका थिए ।

यस घटनाको अनुसन्धान गर्दै जाँदा सुवाल उक्त घटनामा संलग्न भइ घटनापश्चात् फरार रहेको खुल्न आएकोले उनको खोजतलास गर्नेक्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा-६ बाट शनिबार मृतकको मोबाइलसहित पक्राउ गरिएको प्रहरीले हो ।

उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ५ : ०६ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने