संसदीय समितिले फलामे छड कारखानाको अवलोकन गर्ने « Khabarhub

संसदीय समितिले फलामे छड कारखानाको अवलोकन गर्ने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाहरुको अवलोकन गर्ने भएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा थप अध्ययन गर्न र उद्योगहरुको अवलोकन गर्न उपसमिति बनाउने निर्णय गरेको हो ।

फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीहरुको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको सभापति अब्दुल खाँनले जानकारी दिए ।

बैठकले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर उत्पादन हुने फलामे छडको गुणस्तर निरन्तर रुपमा कायम गर्न गुणस्तर तथा नापतौल विभागलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए । त्यस्तै, बैठकले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिले यसअघि दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा अर्थमन्त्रालयसंग जानकारी लिने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र बिलेट्स प्रयोग गर्ने कारखानाका प्रतिनिधहरुसँग छलफल भएको थियो । उनीहरुले अहिले ९७ प्रतिशत फलामे छड उत्पादन गर्ने कारखानाहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गर्ने भएकाले यसमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ४९ बजे

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र