महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीले आइतबार पनि गरे प्रदर्शन « Khabarhub

महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीले आइतबार पनि गरे प्रदर्शन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कवाडी व्यवसाय सञ्चालन गर्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध कवाडी व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका छन् ।

महानगरले कवाडी व्यवसायीमाथि दमन गरेर आतंक सिर्जना गरेको भन्दै उनीहरुले आइतबार राष्ट्रिय सभागृहअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, दमन बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौं महानगरपालिकाको रिङरोड भित्रका कवाडी व्यवसाय हटाउने नीतिका विरुद्ध र महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयहरुले कवाडी व्यवसायदर्ता नविकरण नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

आफूहरुले प्रचलित कानुनबमोजिम दर्ता गरेर सरकारलाई तिर्नुपर्ने करसमेत तिर्दै आएको भन्दै उनीहरुले व्यवसायीलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ५ : ५३ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक