प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन ‘राइट टु प्रोटिन रन’ « Khabarhub

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन ‘राइट टु प्रोटिन रन’


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भेटेरिनरी एसोसिएसनले प्रोटिनमाथिको अधिकार आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन हाफ म्याराथनको आयोजना गर्ने भएको छ । एसोसिएसनको आयोजनामा आगामी चैत १० गते राजधानीमा ‘राइट टु प्रोटिन रन’ हुने भएको छ । हाफ म्याराथन दशरथ रंगशालाबाट सुरु भएर रंगशालामै समापन हुनेछ।

यस वर्षको म्याराथन तथा अन्य विधाका दौड प्रतियोगितामा सात हजार बढी धावक सहभागी हुने लक्ष्य रहेको आयोजकको भनाइ छ ।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किलोमिटर पुरुष र ३ किलोमिटर महिला र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी आठ वटा विधा समावेश छन् ।

प्रतियोगिताको पुरस्कार राशि १४ लाख १२ हजार पाँच सय रूपैयाँ छ  । आफूले भाग लिएको विधामा दौड पूरा गर्ने सबै प्रतियोगीले मेडल पाउने पनि आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ८ : १४ बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा