भारतकै सबैभन्दा लामो पारवहन सुरुङ सञ्चालनमा « Khabarhub

भारतकै सबैभन्दा लामो पारवहन सुरुङ सञ्चालनमा


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतकै सबैभन्दा लामो पारवहन सुरुङ सञ्चालनमा आएको छ । भारतको जम्मु कश्मीरमा रहेको उधमपुर–श्रीनगर–बरमुल्ला रेल लिंकमा निर्मित सुरुङ सञ्चालनमा ल्याइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वटा विद्युतीय रेलको विदाइ गर्दै उक्त सुरुङको उद्घाटन गरेका हुन् । यस सुरुङको लम्बाइ १२ दशमलब ७७ किलोमिटर रहेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

टी–५० नाम दिइएको सुरुङ खारी–सम्बर क्षेत्रमा रहेको पीटीआईले उल्लेख गरेको छ । यस रेल लिंकमा निर्माण गरिएका ११ मध्ये यो सबैभन्दा चुनौतीपूर्ण सुरुङ रहेको बताइएको छ ।

सन् २०१० मा निर्माण प्रारम्भ गरिएको यस सुरुङ सञ्चालनमा आउन १४ वर्ष लागेको भारतीय रेल्वे अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया