‘रंगेली’ले पायो प्रदर्शन अनुमति « Khabarhub

‘रंगेली’ले पायो प्रदर्शन अनुमति


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्रकर्मीहरुको चौतर्फी विरोधपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रंगेली’लाई प्रदर्शन अनुमति दिएको छ ।

सेन्सर बोर्डले आइतबार निर्माण पक्षलाई पीजी (प्यारेन्टल गाइडेन्स) प्रमाणपत्र प्रदान गरेको हो । शीर्षकमा आपत्ति जनाउँदै गत बिहीबार बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

रंगेली नगरपालिकाको नामबाट फिल्मको नामकरण गरिएकाले सेन्सर बोर्डले सो स्थानीय तहको स्वीकृती पत्र माग गरेको थियो ।

यो विषयलाई लिएर चलचित्रकर्मीबाट तीव्र आलोचना भएपछि सेन्सर बोर्डले लचकता देखाएको बुझिएको छ । स्थानीय तहको स्वीकृती पत्र बिना नै सेन्सर बोर्डले प्रमाण पत्र दिएको चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले खबरहबलाई जानकारी दिए ।

निर्माता खतिवडा भन्छन्, ‘हामी त स्थानीय तहको अनुमतिका ल्याउन पनि तयार थियौं । उहाँहरु आफ्नो ठाउँको प्रचार हुने भयो भनेर खुसी हुनुहुन्छ । तर विरोध भएपछि हामीले स्वीकृती पत्र पेस नै गर्नु परेन ।’

अर्जुन सुबेदीको लेखन र निर्देशन रहेको सो फिल्ममा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, मिरुना मगर, रुपेश झालगायतको अभिनय रहेको छ । फिल्म २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ०६ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर