‘रंगेली’ले पायो प्रदर्शन अनुमति | Khabarhub Khabarhub

‘रंगेली’ले पायो प्रदर्शन अनुमति


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्रकर्मीहरुको चौतर्फी विरोधपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रंगेली’लाई प्रदर्शन अनुमति दिएको छ ।

सेन्सर बोर्डले आइतबार निर्माण पक्षलाई पीजी (प्यारेन्टल गाइडेन्स) प्रमाणपत्र प्रदान गरेको हो । शीर्षकमा आपत्ति जनाउँदै गत बिहीबार बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

रंगेली नगरपालिकाको नामबाट फिल्मको नामकरण गरिएकाले सेन्सर बोर्डले सो स्थानीय तहको स्वीकृती पत्र माग गरेको थियो ।

यो विषयलाई लिएर चलचित्रकर्मीबाट तीव्र आलोचना भएपछि सेन्सर बोर्डले लचकता देखाएको बुझिएको छ । स्थानीय तहको स्वीकृती पत्र बिना नै सेन्सर बोर्डले प्रमाण पत्र दिएको चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले खबरहबलाई जानकारी दिए ।

निर्माता खतिवडा भन्छन्, ‘हामी त स्थानीय तहको अनुमतिका ल्याउन पनि तयार थियौं । उहाँहरु आफ्नो ठाउँको प्रचार हुने भयो भनेर खुसी हुनुहुन्छ । तर विरोध भएपछि हामीले स्वीकृती पत्र पेस नै गर्नु परेन ।’

अर्जुन सुबेदीको लेखन र निर्देशन रहेको सो फिल्ममा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, मिरुना मगर, रुपेश झालगायतको अभिनय रहेको छ । फिल्म २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ०६ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ