‘मिसन–८४’ लाई केन्द्रित गरी काम गर्न पौडेलको निर्देशन « Khabarhub

‘मिसन–८४’ लाई केन्द्रित गरी काम गर्न पौडेलको निर्देशन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाल कम्प्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले ‘मिसन–८४’ लाई ध्यानमा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकतालाई निर्देशन दिएका छन् ।

आज मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनेमा विश्वास व्यक्त गरे ।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसको विकास र समृद्धिका लागि काम गरेको समेत स्मरण गरे ।

उनले पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा नागरिकले एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास देखाएको भन्दै त्यसलाई महत्वपूर्ण पुँजीको रूपमा ग्रहण गर्दै पार्टी अघि बढेको उल्लेख गरे । देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले नेतृत्व आवश्यक भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १० : ४० बजे

हिलाम्मे त्रिवि मैदानमा हिलो छल्दै खेल हेर्न पुग्दै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा