डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत « Khabarhub

डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनुपर्छ : मन्त्री बस्नेत


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाइ, सस्तो र सरलरुपमा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

आज यहाँ जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २६औँ वार्षिकोत्सवमा उनले भने, “विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को अवधारणामा आगाडि बढिरहेको सन्दर्भमा हामीले डिजिटल नेपालको सङ्कल्पलाई साकार बनाउनसक्नुपर्छ । दूरसञ्चार सेवालाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै सबै नागरिकले आधारभूत दूरसञ्चार सेवा सहजै प्राप्त गर्नसक्ने वातावरणतर्फ हामीले ढिला गर्न हुँदैन ।”

उनले ग्रामीण भेगमा सहज ढङ्गले सेवा प्राप्त गर्ने परिस्थिति निर्माण गर्दै भरपर्दो र विश्वसनीय बनाउन आवश्यक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रवाह गरेको भन्दै दूरसञ्चार प्राधिकरणलाई बधाई दिए । “प्रविधिको नवीनता र गतिशीलताले गर्दा प्रविधिको दयारा बढेकाले नियमन चुनौती पूर्ण छ”, उनले भने, “त्यसैले क्षमता र गुणस्तरीयतामा विशेष ध्यान पुर्‍याउनुको विकल्प छैन ।”

उनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई दूरसञ्चार क्षेत्रको विकासमा उपयोग गर्न सक्नुपर्ने भनाइ राखे ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : ३० बजे

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा