बाँझोपनको उपचारमा प्रभावकारी बन्दै ल्याप्रोस्कोपी सर्जरी « Khabarhub

बाँझोपनको उपचारमा प्रभावकारी बन्दै ल्याप्रोस्कोपी सर्जरी


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेटमा स-साना घाउ बनाएर दूरबिनको सहायताले पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ। अहिले धेरै रोगको यो विधिबाट सर्जरी गर्न थालिएको छ। साथै पछिल्लो समय स्त्री रोग सम्बन्धी समस्या जस्तै पाठेघरको ट्युमर, बाँझोपनको समस्यामा ल्याप्रोस्कोपी सर्जरी नेपालमा प्रभावकारी भइरहेको चिकित्सक बताउँछन्। ल्याप्रोस्कोपी कस्तो सर्जरी हो ? अन्य सर्जरीभन्दा यो कसरी फरक छ ? कस्ता-कस्ता समस्याको उपचार यो विधिबाट गरिन्छ ? यी र यस्तै विषयमा आधारित भएर महिला रोग विशेषज्ञ एवम् ल्याप्रोस्कोपी सर्जन डा. सुभेक्षा पाण्डेसँग गरिएको कुराकानी :

ल्याप्रोस्कोपी सर्जरी कस्तो सर्जरी हो ?
ल्याप्रोस्कोपी सर्जरी भनेको अहिले सर्जरीमा आएको नयाँ प्रविधि हो। अन्य मुलुकमा धेरै पहिलेदेखि यसको प्रयोग भइरहेको छ। तर नेपालमा भने सन् १९९० देखि यसको प्रयोग हुन थालेको हो। पछिल्लो समय पाठेघरको शल्यक्रिया लगायत महिलाको तल्लो पेटसँग सम्बन्धित समस्यामा यो प्रविधि प्रभावकारी भइरहेको छ। ल्याप्रोस्कोपी प्रविधिले पेटमा स–साना घाउ बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगमा भएका समस्या हेर्ने गरिन्छ।

ल्याप्रोस्कोपी प्रविधिले पेटमा स–साना घाउ बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगमा भएका समस्या हेर्ने गरिन्छ।

अन्य सर्जरीभन्दा यो कसरी फरक छ ?
अन्य सर्जरीमा १० देखि १५ सेन्टिमिटरसम्म पेट काटिन्छ भने यसमा १ वा २ सेन्टिमिटरको ४/५ वटा प्वाल बनाउँछौं। त्यो प्वाल छिटो पुरिन्छ। त्यसले गर्दा बिरामीलाई सहज हुने र इन्फेक्सन पनि कम हुन्छ।

कस्ता-कस्ता समस्यामा यो सर्जरी गरिन्छ ?
पहिला पहिला पित्तथैली, पत्थरी, पाठेघरको अप्रेशन, ट्युबमा सिस्टहरु आउँदा यसको प्रयोग गरिन्थ्यो । अहिले नाक, कान, घाँटी, थाइराइड, अर्थोपेडिकतर्फ जोर्नीलगायत जुनसुकै अप्रेशनमा पनि दूरबिनको प्रयोग हुन थालेको छ।

पाठेघरको ट्युमरको अप्रेशन पनि यो विधिबाट गर्न सकिने हो ?
पहिले पहिले क्यान्सर नहुने मासुमा मात्रै ल्याप्रोस्कोपी प्रयोग गरिन्थ्यो। तर अहिले पाठेघरको, अण्डाशयको क्यान्सर छ भने पाठेघर मात्रै निकालेर हुँदैन। लिफ्मो, टिसु पनि निकाल्नुपर्ने हुन्छ। यो सबै ठुलो सर्जरी गर्दा पनि यसको प्रयोग हुन थालेको छ। यो खुला सर्जरी भन्दा सुरक्षित छ।

ल्याप्रोस्कोपी सर्जरी नेपालमा कत्तिको प्रभावकारी भइरहेको छ ?
विगतको तुलनामा पछिल्लो १० वर्षमा यो प्रविधि निकै प्रभावकारी भइरहेको पाइएको छ। पहिले यो विषयमा नेपालमा अध्ययन अध्यापन तथा तालिमको अभाव थियो। अहिले भने नेपालमै यसबारे तालिम केन्द्र सञ्चालन भइरहेका छन्। धेरै सर्जरी यो विधिमार्फत गर्ने गरिएको छ।

पहिला पहिला पित्तथैली, पत्थरी, पाठेघरको अप्रेशन, ट्युबमा सिस्ट आउँदा यसको प्रयोग गरिन्थ्यो । अहिले नाक, कान, घाँटी, थाइराइड, अर्थोपेडिकतर्फ जोर्नीलगायत जुनसुकै अप्रेशनमा पनि दूरबिनको प्रयोग हुन थालेको छ।

यो विधिप्रति मानिसको विश्वास कस्तो छ ?
ल्याप्रोस्कोपीको बारेमा पहिले धेरै मानिसमा भ्रम थियो। सल्यक्रियापछि बिरामीलाई त्यति धेरै गाह्रो नहुने, घाउ सानो हुने भएकाले पनि यसबाट पूर्ण निको हुँदैन कि ? भन्ने शंका हुन्थ्यो। पुनः सल्यक्रिया गरिहाल्नुपर्छ कि भन्ने डर धेरैलाई थियो। यसको विषयमा उनीहरुलाई धेरै सम्झाउनुपर्ने अवस्था थियो। तर अहिले धेरै बिरामीको सर्जरी यसै प्रविधिमार्फत गरिने र केही समस्या देखिएको घटना पनि नभएकाले सजिलै मान्छन्।

बाँझोपनको उपचारमा यो कति प्रभावकारी छ ?
मुख्यगरी बाँझोपनको समस्यामा यो प्रविधि प्रभावकारी मानिन्छ। पाठेघरमा केही समस्या छ कि छैन। विशेषगरी ट्युबमा केही समस्या छ कि छैन भनेर हेर्नुपर्छ। पेट चिरेर अप्रेशन गर्नुपर्यो भने पटकपटक काट्नुपर्दा पाठेघर टाँसिने समस्या हुन्थ्यो। यो प्रविधिबाट शल्यक्रिया गर्दा यस्ता समस्या आउँदैनन्। त्यसैले खुला अप्रेशन भन्दा यो अप्रेशनमा धेरै फाइदा छ।

अन्य सर्जरीभन्दा कत्तिको महंगो छ ?
अहिले यसको प्रयोग बढिरहेकोले पहिलेभन्दा सस्तो छ। यसमा प्रयोग हुने औजार अन्य मुलुकबाट ल्याउनुपर्ने भएकाले खुला अप्रेशनभन्दा अलि महंगो नै छ। तर त्यस्तो धेरै महंगो नभएर अन्य अप्रेशनभन्दा अलिकति मात्रै महंगो पर्न जान्छ।

यो सर्जरी पेटमा ग्यास फुलाएर गरिने भएकाले मुटुमा समस्या भएका बिरामीको लागि प्रभावकारी हुँदैन। मुटुका बिरामीले ल्यप्रोस्कोपी सर्जरी नगर्नु राम्रो हुन्छ।

कस्तो अवस्थामा ल्याप्रोस्कोपी सर्जरी जोखिमपूर्ण मानिन्छ ?
धेरै बिरामीमा यो विधि प्रभावकारी नै हुन्छ। तर कुनै कुनै केश जस्तै दूरबिनबाट गर्दागर्दै रत्तश्राव भयो र रोक्न सकिएन भने खुला अप्रेशन गर्नुपर्छ। त्यस्तै यो सर्जरी पेटमा ग्यास फुलाएर गरिने भएकाले मुटुमा समस्या भएका बिरामीको लागि प्रभावकारी हुँदैन। मुटुका बिरामीले ल्यप्रोस्कोपी सर्जरी नगर्नु राम्रो हुन्छ।

यो प्रविधिको विषयमा भन्नै पर्ने थप सुझाव छन् कि ?
ल्याप्रोस्कोपी सर्जरी एउटा नयाँ र भरपर्दो प्रविधि हो। अन्य मुलुकमा लामो समयदेखि यसको प्रयोग भइरहेको छ। नेपालमा विगत ३० वर्षदेखि यो प्रविधिको प्रयोग हुँदै आएको छ। यो प्रविधिबाट सर्जरी गर्नुका धेरै फाइदा छन्। बिरामीहरु छिटो रिकभर हुने, खुला सर्जरीभन्दा इन्फेक्सन कम हुने भएकाले यो विधिबाट सर्जरी गर्न डराउनुपर्ने अवस्था छैन। यो प्रविधि अहिलेको समयमा एकदमै प्रभावकारी छ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ०७ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर