ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प « Khabarhub

ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ।

ताइवानमा यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको भूकम्प मापन अधिकारीहरूले जनाएका छन् ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीले जापानको दक्षिणपश्चिम तटीय क्षेत्रमा ३ मिटर उचाइसम्म छालहरू आउने जनाएको छ ।

फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।

भूकम्पबाट के कति क्षति भयो भन्ने बारेमा जानकारी प्राप्त हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सेना उद्धारमा खटिएको छ ।

सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २ हजार ४०० व्यक्तिको ज्यान गएको थियो।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ३९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही