भारतको राजनीतिमा टिक्दैनन् कलाकार | Khabarhub Khabarhub

भारतको राजनीतिमा टिक्दैनन् कलाकार


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चर्चित गायिका अनुराधा पौडावाल भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध भएकी छिन्। गत साता आयोजित एक कार्यक्रममा भजन गाउँदै उनी पार्टी प्रवेश गरेकी हुन्।

लोकसभा निर्वाचनको पूर्व सन्ध्यामा उनको यो पार्टी प्रवेश कार्यक्रमलाई अर्थपूर्ण रूपमा लिइएको छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको दलमा आबद्ध हुन पाउनुलाई ठुलो अवसर र भाग्यको रूपमा लिएको बताएकी छन्।

उनले लोकसभा निर्वाचनमा उम्मेदवार हुने कुरा अहिलेसम्म अनिश्चित रहेको बताएकी छिन्। पद्मश्री विजेता यी चर्चित गायिका भाजपाको दुई नेता महासचिव अरण सिंह र प्रवक्ता अनिल बाहुनीको साथमा कार्यक्रममा उपस्थित भएकी हुन्।

मोदी शासनमा भारतमा भएको आध्यात्मिक तथा सांस्कृतिक विकासले आफू प्रभावित हुँदै पार्टी प्रवेश गरेको उनले बताएकी छन्। यसैगरी सिंहले पौडावालको उपस्थितिले भाजपा थप बलियो भएको बताएका छन्।

चर्चित गायिका अनुराधा पौडावालको पार्टी प्रवेश कार्यक्रमलाई अर्थपूर्ण रूपमा लिइएको छ। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको दलमा आबद्ध हुन पाउनुलाई ठुलो अवसर र भाग्यको रूपमा लिएको बताएकी छन्।

गएको शनिबार भाजपाले ६ जना उम्मेदवारको चयन गरेको छ। यसरी चयन गरिएकोमा तीन जना पन्जाबका उम्मेदवार छन्। सुफी गायक हंस राज हान्स पनि अहिले राजनीतिमा लागेका छन्। उनी अहिले फारिदकोटबाट उम्मेदवार भएका छन्।

पश्चिम बङ्गालका आसनसलबाट भोजपुरी गायक पवन सिंहले उम्मेदवारी दिएका छन्। उनका केही गीतले भोजपुरी महिलाको अपमान गरेको विवाद भएपछि उनी यसअघि उम्मेदवार नहुने सोचमा थिए। केही समय द्विविधामा रहेका उनले अन्त्यमा त्यहाँका जनतालाई दिएको वचन पुरा गर्ने सोचका उम्मेदवार भएको बताएका छन्।

भारतमा कला क्षेत्रमा सफल भएका सबै जना राजनीतिमा सफल हुने कुराको कुनै यकिन छैन। यसरी फिल्म क्षेत्रमा सफल भएर राजनीतिमा असफल हुनेमा सबै भन्दा चर्चित अनुहारमा सुपर स्टार अमिताभ बच्चन नै हुन्। भारतीय सिने जगतका बादशाहको रूपमा स्थापित बच्चन सन् १९८४ मा राजनीतिमा प्रवेश गरेका थिए।

उनी राजनीतिक वातावरणबाट वाक्क भएर फर्किएका हुन्। उनी अहिले राजनीतिबाट टाढा छन्। उनी राजनीतिबाट टाढा भए पनि जया बच्चन समाजवादी पार्टीबाट सन् २००६ देखि अहिलेसम्म राज्य सभामा प्रतिनिधित्व गरिरहेकी छिन्।

यसरी कलामा सफल भएर राजनीतिमा असफल हुनेमा अमिताभ भन्दा अघिका नायक धर्मेन्द्र पनि हुन्। संयोग मान्नैपर्छ क्षणिक रूपमा राजनीतिमा प्रवेश गरेका यी दुई नायक अभिनीत चलचित्र सोले नै भारतीय सिने जगतको अहिले सम्मको सबै भन्दा सफल फिल्मको रूपमा रहेको छ। अमिताभ राजनीतिबाट वाक्क भएका व्यक्ति हुन् भने धर्मेन्द्र असफल प्रयासका कारण राजनीतिमा असफल भएका हुन्। पन्जाबमा धर्मेन्द्रले राजनीतिक क्षेत्रको रूपमा राजस्थानलाई राजेका थिए। यसलाई अत्यन्त गलत मुभको रूपमा लिइएको थियो।

भारतमा कला क्षेत्रमा सफल भएका सबै जना राजनीतिमा सफल हुने कुराको कुनै यकिन छैन। यसरी फिल्म क्षेत्रमा सफल भएर राजनीतिमा असफल हुनेमा सबै भन्दा चर्चित अनुहारमा सुपर स्टार अमिताभ बच्चन नै हुन्।

सुरुवातमा यसरी असफल भएका धर्मेन्द्र सन् २००४ मा भाजापको टिकटमा अत्यधिक मतका साथमा लोकसभामा निर्वाचित भएका थिए। त्यो पाँच वर्षको अवधिमा उनको संसदीय अभ्यासमा नै चासो देखिएको थिएन।

सन् २००४ मै अर्का स्टार गोविन्दा राजनीतिमा प्रवेश गरेका थिए। उनले निर्वाचनमा सफलता पनि पाएका थिए। परन्तु सबैका प्रिय उनी विस्तारै आलोचनाको पात्र बने। उनी राजनीतिमा प्रवेश गरेकोमा दुःखी भएका छन्।

८० को दशककी चर्चित नायिका जय प्रदालाई पनि राजनीतिक रङ्गले नछाएको होइन। तलेगु देशम पार्टीबाट राजनीतिमा सहभागी भएकी उनले विस्तारै छोटो समयमा सफलता पाएकी हुन्। राजनीतिको यात्रामा आन्ध्र प्रदेशकी मुख्यमन्त्री समेत भइसकेकी चन्द्रबाबु नाइडुको नजिक भएपछि सन् १९९६ मा राज्य सभामा जित हात पारेकी हुन्।

समाजवादी पार्टीमा आबद्ध भएकी उनी विभिन्न विवादमासमेत परेकी थिइन्। पछिल्लो समय नेतृत्वसँग अनेकन् विवाद भएसँगै उनले पनि राजनीतिमा ओरालो यात्रा गरेकी हुन्।

सबना आजमीको पनि कलाकारिताको जत्तिको माथिल्लो उचाइ राजनीतिमा हुन सकेन। बच्चाको जीवन रक्षा, एचआइभी सङ्क्रमणको विश्वव्यापी मामलासँगको सामना तथा भेदभावरहित समाज निर्माणको चाहनामा राजनीतिले सहयोग पुग्ने उनको अपेक्षा थियो। तर ती चाहना पुरा हुन र त्यसमा धेरै दिन कठिन हुने महसुस गर्दै उनी पनि व्यक्तिगत स्वतन्त्र जीवनमा फर्किएकी हुन्।

९० को दशककी चर्चित रगीला गर्ल उर्मिला मातोंडकर राजनीतिमा प्रवेश नगरेकी होइनन्। परन्तु उनको राजनीतिक यात्रा पनि सहज हुन सकेन। उनले त्यसै वर्ष भारतीय राष्ट्रिय काङ्ग्रेसबाट सन् २०१९ को लोकसभा निर्वाचनमा पराजित भएकी थिइन्। सोही वर्ष पार्टीको आन्तरिक कारणले आफू पराजित भएको भन्दै उनले राजीनामा दिएकी हुन्।

सञ्जय दत्तको कहानी

सञ्जय दत्तको कहानी पनि उस्तै हो। सन् २००९ मा सञ्जयदत्त समाजवादी पार्टीबाट लखनउको सिटमा विजयी भए। उनी राजनीतिमा रमाउन सकेनन्। सन् २०१० मा उनले राजीनामा दिए। रेखा पनि राज्य सभा सदस्यमा निर्वाचित भएकी थिइन्। परन्तु उनी पनि धेरै जसो बैठकमा उपस्थित भइनन्। अन्ततः उनी निराश हुँदै राजनीतिबाट टाढा भएकी थिइन्।

सन् २०१४ मा आम आदमी पार्टीले पनि कलाकार जफर्द जेनीलाई आम आदमी पार्टीले लखनउको गभर्नर चयन गरेको थियो। त्यसपछि भएको निर्वाचनमा उनी राजनाथ सिंहसँग पराजित भए। त्यसपछि उनी लामो समय राजनीतिबाट टाढा रहे।

राखी सावन्तले दल स्थापना गरेकी थिइन्। सो दलले १५ मत मात्र पाएपछि उनी अर्को दलमा प्रवेश गरेकी हुन्। निर्माता महेश मञ्जितकरका लागि पनि राजनीति फलिफाप भएन। विगतमा धेरै जसो कलाकारका लागि राजनीति फलिफाप भएन।

निर्वाचनमा विजयी भए पनि राजनीतिक वातावरणले उनीहरूलाई लामो समय बाँध्न सकेन। आसन्न निर्वचनमा हिमाचल प्रदेशको माण्डीबाट लोकसभा निर्वाचनमा भाजपाले अभिनेत्री कङ्गना रनाउतलाई उम्मेदवार बनाएको छ। यस पटक सो स्थानमा प्रतिभा सिंहसँग उनको चुनावी भिडन्त हुनेछ। धेरै सर्वेक्षणले रनाउत अगाडि भएको समेत देखाएको छ।

भारतकी चर्चित कलाकार कंगानाका विगत आठ वर्षदेखि कुनै हिट चलचित्र बजारमा आइनन्। तथापि उनी अझै पनि राम्रो फिल्मको सम्भावना हुँदाहुँदै राजनीतिमा प्रवेश गरेको बताउँछिन्।

धेरै भारतीय कलाकार जस्तै कलाकारितामा फिर्ता हुने सन्न्यासी जीवन नै बिताउने या राजनीतिमै लामो समय रमाउने भन्ने सवाल अनुराधा र कंगानाको हकमा केही समयका लागि प्रतीक्षाको विषय हो। स्रोत : इकोनोमिक्स टाइम्स, बीजीनेस टुडे, इन्डियन एक्सप्रेस, सिए मुभिज

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ३१ बजे

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि

जसपामा जन्मियो तेस्रो धार, पहिचानवादी मोर्चाको घोषणा

उपेन्द्र यादव र अशोक राईको नेतृत्वमा विभाजित बनेको जनता समाजवादी

कोशीमा एमाले-माओबादीले दाबी पेस गर्दै

काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ। बुधबार

एस्ट्राजेनेकाले विश्वभरबाट कोरोनाविरुद्धको खोप फिर्ता लाने

काठमाडौं – एस्ट्राजेनेका कम्पनीले विश्वभर रहेका कोरोनाविरुद्धको खोप फिर्ता लैजाने

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ ।