तनहुँका दुरा समुदायलाई मातृभाषा सिकाइँदै | Khabarhub Khabarhub

तनहुँका दुरा समुदायलाई मातृभाषा सिकाइँदै


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ ।

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ ।

दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना गरिएको दुरा सेवा समाजकी सदस्य दिलु दुराले जानकारी दिइन् । उनले भनिन्, ‘हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ । हामीलाई मातृभाषा बोल्न आउँदैन । तालिम सञ्चालन गरी भाषा सिकाएर यसको संरक्षण गर्न खोजेका हौँ ।’

दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूनाअनुसारको पाठ्यसामग्री समावेश गरिएको छ ।

दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताए ।

दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिए । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहेका छन् ।

तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : ४० बजे

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार

वीरगञ्ज– पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म

अस्पतालको बेडबाट घाइते जेनजी भन्छन्– ‘आन्दोलन यस्तो होला भन्ने थिएन’

काठमाडौं- जेनजीको नाममा भएको आन्दोलनमा घाइते दीपराज राई यतिबेला ट्रमा

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

काठमाडौं– जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत्

इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल 

काठमाडौं– इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफू इटहरी निर्माण गर्न