गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै « Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।

विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् ।

गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दीपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।

राप्रपाले सत्ताको चक्करमा नलाग्ने बताइरहेका बेला उसले समर्थन नगरेको अवस्थामा दुवैतर्फ बहुमत पुग्ने अवस्था देखिँदैन ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ३६ बजे

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित