नेपाल ‘ए’ विरुद्ध ब्याटिङ गर्दै आयरल्यान्ड « Khabarhub

नेपाल ‘ए’ विरुद्ध ब्याटिङ गर्दै आयरल्यान्ड


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिज आजदेखि सुरु भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गर्दैछ। पहिलो खेलमा टस जितेर आयरल्यान्डले पहिला ब्याटिङको निर्णय गरेको हो।

घरेलु मैदानको टी–२० सिरिज २–१ ले गुमाएको नेपालले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिममा एक दिवसीय खेलका लागि आरिफ शेख र भीम सार्कीसमेत प्लेइङ ११ मा रहेका छन्।

एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

नेपाल ए टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया