नेपाल ‘ए’ विरुद्ध ब्याटिङ गर्दै आयरल्यान्ड « Khabarhub

नेपाल ‘ए’ विरुद्ध ब्याटिङ गर्दै आयरल्यान्ड


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिज आजदेखि सुरु भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गर्दैछ। पहिलो खेलमा टस जितेर आयरल्यान्डले पहिला ब्याटिङको निर्णय गरेको हो।

घरेलु मैदानको टी–२० सिरिज २–१ ले गुमाएको नेपालले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिममा एक दिवसीय खेलका लागि आरिफ शेख र भीम सार्कीसमेत प्लेइङ ११ मा रहेका छन्।

एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

नेपाल ए टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ९ : ५९ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित