उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’ « Khabarhub

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका–१० कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ ।

ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।  सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकताका आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए ।

चालु आर्थिक वर्षमा तीन लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी सात लाखमा सातवटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ’, उनले भने, ‘गत आवमा आठवटा स्यालो ट्युबवेल जडान गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएका छौँ ।’

उनका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन् । ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको उनले बताए । सिँचाइ सुविधा उपलब्ध पछि किसान अन्नबालीसँगै तरकारीखेतीमा संलग्न हुँदै आएका छन् ।

‘धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशे पानीकै भर पर्नुपर्ने अवस्था थियो’, स्थानीय किसान कालुराम चौधरीले भने, ‘वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलब्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ ।’

किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काट्ने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलब्ध गराउँदै आएको छ ।

वडा कार्यालयका अनुसार गत आवमा एक सय २८ डुँड,, ११ वटा चारो काट्ने मेसिन, नौवटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो ।

चालु आवमा १९ वटा चारो काट्ने मेसिन, १५ घाँस र  खुवाउने स्ट्याण्ड र ८० वटा डुँड,  पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने योजना छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ५७ बजे

सरकारी निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डमा गठन भएको कर्मचारी यूनियन भंग

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च