उत्पादकत्व बढाउन अनुदानमा 'स्यालो ट्युबवेल’ | Khabarhub Khabarhub

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका–१० कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ ।

ट्युबवेल जडानबाट झण्डै ३० बिघा खेतमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।  सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकताका आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए ।

चालु आर्थिक वर्षमा तीन लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी सात लाखमा सातवटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ’, उनले भने, ‘गत आवमा आठवटा स्यालो ट्युबवेल जडान गरी किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएका छौँ ।’

उनका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन् । ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलब्ध भइरहेको उनले बताए । सिँचाइ सुविधा उपलब्ध पछि किसान अन्नबालीसँगै तरकारीखेतीमा संलग्न हुँदै आएका छन् ।

‘धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशे पानीकै भर पर्नुपर्ने अवस्था थियो’, स्थानीय किसान कालुराम चौधरीले भने, ‘वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलब्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ ।’

किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काट्ने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलब्ध गराउँदै आएको छ ।

वडा कार्यालयका अनुसार गत आवमा एक सय २८ डुँड,, ११ वटा चारो काट्ने मेसिन, नौवटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो ।

चालु आवमा १९ वटा चारो काट्ने मेसिन, १५ घाँस र  खुवाउने स्ट्याण्ड र ८० वटा डुँड,  पचास प्रतिशत अनुदानमा उपलब्ध गराउने योजना छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १० : ५७ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’