गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा | Khabarhub Khabarhub

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

गत फागुन २१ गते केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो ।

मुख्यमन्त्री पाण्डेले भोलिसम्ममा विश्वासको मत लिइसक्नुपर्ने अवस्थामा विश्वास प्राप्त नहुने देखेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।  पाण्डे २०८० साल वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । यहाँ बहुमतका लागि ३१ सांसद आवश्यक पर्दछ ।

यहाँ राप्रपा तटस्थ रहेको अवस्थामा एमाले–माओवादीको नयाँ गठबन्धनलाई पनि बहुमत जुटाउन गाह्रो स्थिति रहेको छ । नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री दाबी गर्ने पाण्डेको रणनीति रहेको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग