हुलाकी राजमार्ग : वीरगञ्ज मातहत एक सय ८१ किलोमिटर सडक कालोपत्र « Khabarhub

हुलाकी राजमार्ग : वीरगञ्ज मातहत एक सय ८१ किलोमिटर सडक कालोपत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको समग्रमा एक सय ८१ किलोमिटर सडक कालोपत्र गरिएको छ । 

कार्यालय मातहत दुई खण्डमा कूल दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख दीपककुमार झाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहेक अन्य स्थानमा सडक निर्माणले गति लिएको बताए। 

कार्यालय मातहत दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्दछ । त्यसमा पूर्व-पश्चिम खण्डमा एक सय ५३ किलोमिटर  र  उत्तर-दक्षिण खण्डमा ७६ दशमलव सात किलोमिटर सडक पर्दछ । कार्यालयका अनुसार हालसम्म दुवै खण्डमा एक सय ८१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । पूर्वपश्चिम खण्डमा एक सय नौ किलोमिटर र उत्तर-दक्षिण खण्डमा ७२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

योजना प्रमुख झाले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाको म्याद थप गर्नका लागि सहजीकरण गरिदिएकाले हुलाकी राजमार्गअन्तर्गत रहेका रुग्ण ठेक्कालाई अघि बढाउन सहज हुने आँकलन गरे । 

हुलाकी सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सञ्जय ठाकुरले पूर्व-पश्चिमको एक सय ५३ किलोमिटर सडकमध्ये हालसम्म एक सय नौ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : ३० बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी