त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता रोकायाको शव फेला | Khabarhub Khabarhub

त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता रोकायाको शव फेला


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवश रोकायाको शव भेटिएको छ ।

ट्याक्सी त्रिशूलीमा खसेर बेपत्ता भएको पाँच दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारामा रोकायाको शव भेटिएको हो । गत शनिबार काठमाडौंबाट गोरखा जाने क्रमा उक्त ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा गोरखा नगरपालिका–७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, त्यही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  २ : १६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग