१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि « Khabarhub

१९औँ फेवा नववर्ष महोत्सव २९ चैतदेखि


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ औं फेवा नववर्ष महोत्सव चैत २९ देखि वैशाख १ सम्म पोखरामा आयोजना हुने भएको छ ।

होटल संघ नेपाल र पोखरा क्षेत्रीय होटल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेवाताल किनार ड्यामसाइड चोकदेखि हल्लानचोकसम्म फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।

पर्यटन संस्कृति र खाना भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ वर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको जानकारी दिए ।

उनले मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्राउन सरकारसँग मिलेर धेरै कार्यक्रमहरू सञ्चालन गरिने बताए ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन,सांस्कृतिक झाँकिका कार्यक्रम, लोकदोहोरी ,स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रस्तुति, पर्यटक दौड प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : १५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००