स्वास्थ्यमन्त्री यादवलाई एमालेको १५ बुँदे ध्यानाकर्षण पत्र « Khabarhub

स्वास्थ्यमन्त्री यादवलाई एमालेको १५ बुँदे ध्यानाकर्षण पत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री यादवलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले नेतृत्वमा रहेको सरकारले शुरु गरेका तर हाल सुस्त गति वा स्थगित भएका कार्यक्रमलाई अघि बढाउन भनिएको छ ।

३९६ स्थानीय निकायमा आधारभूत अस्पतालको सिलान्यास गरि आगामी ४ बर्षमा सबै ७५३ पालिकामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५, १० र १५ शैयाका अस्पताल निर्माण सम्पन्न गर्दै जनताको स्वास्थ्य सम्बन्धि मौलिक अधिकारको सुनिश्चितता गर्न अपील गर्दछौं, ध्यानाकर्षणमा भनिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगबाट सुचारू गर्नका लागि उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्यकर्मी पहिचान लगायत समयमा सेवा शुल्क भुक्तानिकालागि तत्काल प्रक्रियागत ढिलाई र कानुनीरुपमा रहेका जटिलतालाइ हल गरी सेवाको सुनिश्चितताको लागि समेत अनुरोध गरिएको छ सरकारी स्वास्थ्य संस्थाहरुमा नियम संगत ढंगले कार्यरत सम्बन्धित अनुभवी कर्मचारीहरुलाई हटाइ विषय नै नमिल्ने पदाधिकारीहरुलाई प्रमुख बनाउने, थप जिम्मेवारी दिने जस्ता निवर्तमान मन्त्रीले गरेका प्रशासनिक अराजकताले सेवाको गुणस्तर घट्ने मात्र नभई कर्मचारीहरुको मनोवल गिराउने काम भएको छ। यसलाई तुरुन्त सच्याउन समेत अपील गराउँदछौ, पत्रमा भनिएको छ।

सो अवसरमा मन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि आफू काम गर्ने अठोटका साथ आएको भन्दै सुझावलाई मनन गरेर अघि बढ्ने आश्वासन दिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४८ बजे

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध