प्रवक्ता महत भन्छन्- सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता स्पष्ट देखिन्छ « Khabarhub

प्रवक्ता महत भन्छन्- सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता स्पष्ट देखिन्छ


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गर्न ढिलाइ हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानबिनको औचित्य पुष्टि हुँदै गएको बताएका हुन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न तयार नहुनुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको स्पष्ट भएको उनले बताए । उनले कुनै दोष नहुँदा संसदीय छानबिन समिति गठन गर्न अप्ठेरो मान्नुपर्ने अवस्था नै नरहेको धारणा राखे । महतले सरकार नै अप्ठेरो पर्ने डरले प्रधानमन्त्रीले पनि छानबिन समिति गठन गर्न नचाहेको जिकिर गरे।

त्यस्तै उनले कांग्रेस जस्तो संसदीय मर्यादामा चल्ने पार्टी अरु कुनै नरहेको दाबी गरे ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ३४ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट