महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनले गरे प्रदर्शन « Khabarhub

महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनले गरे प्रदर्शन


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडकमा गीत गाएर जीविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् ।

दृष्टिविहीन आमा घर सामाजिक संस्थाको अगुवाइमा उनीहरूले आफूहरूलाई सहज रूपमा जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र महानगरले सहजीकरण गर्नुपर्ने भन्दै बुधबार काठमाडौंको शान्तिबाटीका क्षेत्रमा विरोध जनाएका हुन् ।

 

सडकमा गीत गाउँदा आफूहरूको माइक स्पिकर महानगरले खोजेको उनीहरूले गुनासो गरेका छन् । उनीहरूले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती गर्न पाइँदैन, स्वरोजगारको व्यवस्था गर, दृष्टिविहीन अपाङ्गता भत्ता वृद्धि गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले दृष्टिविहीन व्यक्तिहरूको हक अधिकार हनन गर्न नहुने, स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।

तस्बिरहरु : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४४ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा