महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनले गरे प्रदर्शन | Khabarhub Khabarhub

महानगरले सडकमा गीत गाउन नदिएको भन्दै दृष्टिविहीनले गरे प्रदर्शन


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडकमा गीत गाएर जीविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् ।

दृष्टिविहीन आमा घर सामाजिक संस्थाको अगुवाइमा उनीहरूले आफूहरूलाई सहज रूपमा जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र महानगरले सहजीकरण गर्नुपर्ने भन्दै बुधबार काठमाडौंको शान्तिबाटीका क्षेत्रमा विरोध जनाएका हुन् ।

 

सडकमा गीत गाउँदा आफूहरूको माइक स्पिकर महानगरले खोजेको उनीहरूले गुनासो गरेका छन् । उनीहरूले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती गर्न पाइँदैन, स्वरोजगारको व्यवस्था गर, दृष्टिविहीन अपाङ्गता भत्ता वृद्धि गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले दृष्टिविहीन व्यक्तिहरूको हक अधिकार हनन गर्न नहुने, स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।

तस्बिरहरु : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ४४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड