डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए। डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए।  

‘गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ । यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, डा. दाहालले भने। उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए। 

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे ।

उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गु देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । 

त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : ५३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी