राप्रपाले प्रदेशमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने | Khabarhub Khabarhub

राप्रपाले प्रदेशमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ । 

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । प्रदेश सरकारका निर्माणका लागि राप्रपा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा महत्वपूर्ण अवस्थामा छ ।

राप्रपाले समर्थन गर्ने अवस्थामा सत्ता गठबन्धनलाई लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा सजिलो हुने अवस्था रहेको छ ।

राप्रपाले चैत अन्तिम सातादेखि सुरु गर्ने आन्दोलनको तयारीबारे पनि छलफल गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : १५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको