भारतमा नेपालको लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा « Khabarhub

भारतमा नेपालको लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो ।

बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ । नेपाल शुक्रबार बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको हो । यस फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : ३३ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१