भारतमा नेपालको लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा | Khabarhub Khabarhub

भारतमा नेपालको लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो ।

बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ । नेपाल शुक्रबार बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको हो । यस फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : ३३ बजे

कोशीमा मध्यावधि चुनाव गर्न कांग्रेस नेताको माग

मुख्यमन्त्री केदार कार्की बिराटनगर- कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने नेपाली

तनहुँमा चलचित्र निर्माण कार्यशाला

डुम्रे– जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक

५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ५१९ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवा भएका छन्। 

आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच खेल हुँदै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज एक खेल

अठार वर्षपछि सडक कालोपत्र

म्याग्दी– जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि